
काठमाडौँ । काठमाडौँको टोखामा गोली चलेको छ ।टोखास्थित ग्राण्डी अस्पताल नजिकै प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको हो ।
गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् । घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् ।
प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।