
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलबीच कार्यपालिका बैठक सञ्चालन गर्ने सहमति भएको छ।
बुधबार मेयर शाह, उपमेयर डंगोलसहित वडा नं. १५, १७ र ३२ का अध्यक्षहरू सहभागी बैठकले कार्यपालिका बैठक छिट्टै बोलाउने सहमति गरेको हो।
महानगरका प्रवक्ता तथा वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले कार्यपालिका र नगरसभा सञ्चालनबारे सहमति भएको जानकारी दिए।
‘मेयरसँग कार्यपालिका सञ्चालन र नगरसभा सञ्चालनबारे सहमति भएको छ,’ उनले भने, ‘हामीले पहिले नै उठाउँदै आएका एजेन्डाहरूमा छलफल गर्न बैठक गरेका हौं। अब छिट्टै कार्यपालिका बैठक बस्नेछ।’