जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • विराट कोहलीलाई पछि पार्दै रजत पाटीदार बने बेंगलुरुको कप्तान

विराट कोहलीलाई पछि पार्दै रजत पाटीदार बने बेंगलुरुको कप्तान

एजेन्सी। आगामी महिनाबाट सुरु हुने आइपिएल २०२५ का लागि रजत पाटीदारलाई रोयल च्यालेन्जर्स बेंगलोरको कप्तान नियुक्त गरिएको छ ।

बिहीबार बेंगलुरुले टिम निर्देशक मो बोबत र मुख्य प्रशिक्षक एन्डी फ्लावरको उपस्थितिमा उक्त घोषणा गरेको हो ।

पाटीदारले सन् २०२१ देखि बेंगलुरुका लागि ३ सिजन खेलेका छन् । बेंगलुरुका लागि उनले २८ खेलमा १५८.८५ को स्ट्राइक रेटमा ७ सय ९९ रन बनाएका छन् ।

सन् २०२२ देखि २०२४ सम्म बेंगलुरुका कप्तान रहेका फाफ डु प्लेसिसलाई रिटेन नगरेपछि पाटिदार कप्तानमा नियुक्त भएका हुन् । फाफको अनुपस्थितीमा विराट कोहलीले फेरि बेंगलुरुको कप्तानी गर्ने अनुमान गरिएको थियो ।

पाटीदारले घरेलु क्रिकेटमा मध्य प्रदेशको टिमको कप्तानी गर्ने गरेका छन् । आइपिएलमा भने पाटीदारको यो पहिलो कप्तानी हुनेछ । ३१ वर्षीय पाटीदार गत वर्ष नोभेम्बरमा भएको मेगा अक्सनअघि बेंगलुरुको रिटेनमा अटाएका थिए ।

बेंगलुरुले अहिलेसम्म आइपिएल उपाधि जित्न सकेको छैन । यद्यपि बेंगलुरु ३ पटक फाइनल भने पुगेको छ । पछिल्लो २०२४ को सिजनमा बेंगलुरुले प्लेअफमा स्थान बनाएको थियो ।

बेंगलुरुले पाटीदारलाई नियुक्त गरेसँगै कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सले मात्र आगामी सिजनका लागि कप्तानको नाम सार्वजनिक गरेका छैनन् ।

गत वर्ष कोलकाताका कप्तान रहेका श्रेयस अय्यरले यस वर्ष पञ्जाब किंग्सको कप्तानी सम्हाल्नेछन् । दिल्लीका पूर्व कप्तान ऋषभ पन्तले लखनउ सुपर जायन्ट्स को नेतृत्व गर्नेछन् ।