जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • चौध वर्षमा पनि बनेन कमलामा पुल

चौध वर्षमा पनि बनेन कमलामा पुल

सिरहा । सिरहा र धनुषा जोड्ने कमला नदीमा २०६८ सालमा सुरु भएको पक्की पुलको निर्माण अझै पूरा भएको छैन। तीन वर्षमा सम्पन्न गर्ने भनिएको परियोजना १४ वर्ष बित्दा पनि अधुरो छ, जसका कारण वर्षायाममा स्थानीयवासी डुङ्गामात्रै भर पर्न बाध्य छन्।

सिरहा नगरपालिका–५ का वासुदेव यादवजस्ता किसानहरू दैनिक गाईवस्तुलाई घाँसपातका लागि नदीपार लैजान डुङ्गा प्रयोग गर्छन्। वर्षायाममा काठको पुल बगाएपछि यात्रीलाई मोटरसाइकलका लागि १०० रुपैयाँ र पैदल यात्रुका लागि ५० रुपैयाँ तिरेर डुङ्गा चढ्नुपर्ने बाध्यता छ।

स्थायी पुल नहुँदा स्वास्थ्य सेवा पनि प्रभावित भएको छ। सिरहा अस्पतालबाट जनकपुर रिफर गरिएका बिरामीलाई घुमाउरो बाटो हुँदै जानुपर्ने बाध्यता छ। प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिलप्रसाद कुशवाहाका अनुसार गम्भीर बिरामी ढिलो पुग्दा ज्यान जाने जोखिम रहन्छ।

सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार पैदलयात्रीलाई बाँसको फड्के वा डुङ्गामार्फत नदीपार गर्नुपर्ने अवस्था कायम छ।