जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोटः १० जना मजदुरको मृत्यु

दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोटः १० जना मजदुरको मृत्यु

पाकिस्तान। दक्षिणपश्चिम पाकिस्तानमा शुक्रबार इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइइडी) बाट भएको विस्फोटमा १० जना मजदुरको मृत्यु भएको एक अधिकारीले बताएका छन् ।

विपन्न बलुचिस्तानमा सुरक्षा बलहरूले पृथकतावादी समूहहरूसँग दशकौँदेखि विद्रोहको सामना गरिरहेका छन् । सीमावर्ती क्षेत्रहरूमा विगत तीन वर्षमा हिंसा बढेको छ ।

शुक्रबार मजदुरहरूको एक समूह हर्नाई जिल्लाको बजारतर्फ जाँदै गर्दा विस्फोटको चपेटामा परेको स्थानीय सरकारी अधिकारी सलिम तारीनले बताए । उनले ‘आइइडी विस्फोट’ भएको बताए ।

‘हर्नाई जिल्लामा भएको आक्रमणमा १० खानी मजदुरको मृत्यु भयो’, अर्का वरिष्ठ सरकारी अधिकारी शहजाद जहरीले भने ।

हर्नाई दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट १६० किलोमिटरभन्दा टाढा छ ।

एक वक्तव्यमा प्रधानमन्त्री शाहबाज सरिफले ‘देशबाट आतङ्कवादको खतरालाई उन्मूलन गर्न सक्रिय रूपमा काम गर्ने’ आफ्नो प्रतिबद्धता दोहो¥याए ।

कुनै पनि समूहले आक्रमणको दाबी गरेको छैन । यद्यपि बलुच लिबरेसन आर्मी (बिएलए) यस क्षेत्रको सबैभन्दा सक्रिय समूह हो र प्रायः यो समूहले सुरक्षा बल वा अन्य प्रान्तका पाकिस्तानीहरू विरुद्ध घातक आक्रमण गर्दछ ।

बाहिरीहरूले पाकिस्तानको सबैभन्दा गरीब भागका बासिन्दाहरूलाई बाहिर राख्दै स्रोत–समृद्ध क्षेत्रको शोषण गरेको आरोप लगाउँदै समूहले विशेषगरी चीनबाट विदेशी लगानीका ऊर्जा परियोजनाहरूलाई लक्षित गरेको छ ।

यस महिनाको सुरुमा बलुचिस्तानको एक सहरमा सैनिक बोकेको सवारी साधनमाथि सडक अवरुद्ध गरेका ७० देखि ८० आक्रमणकारीले गोली प्रहार गरेका थिए ।

जनवरीमा भएको अर्को आक्रमणमा पाकिस्तानी अर्धसैनिक बलसहित कम्तीमा छ जनाका मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । दुवै आक्रमणको दाबी बिएलएले गरेको थियो ।

विश्लेषकहरूका अनुसार गत वर्ष यस क्षेत्रमा भएका सबैभन्दा घातक आक्रमणहरूमध्ये एकमा बिएलए पृथकतावादी लडाकूहरूले जातीय पञ्जाबीहरूलाई लक्षित गरी ‘समन्वित’ आक्रमणहरूमा कम्तीमा ३९ जनाको हत्या गरेका थिए ।

सन् २०२१ मा काबुलमा अफगान तालिबान सत्तामा फर्केपछि पाकिस्तानको सीमावर्ती क्षेत्रहरूमा हिंसा बढेको छ ।

पाकिस्तानले तालिबान सरकारलाई अफगान भूमिबाट आक्रमण गर्ने आतङ्कवादीहरूलाई नष्ट गर्न असफल भएको आरोप लगाएको छ । उक्त आरोपलाई अफगानिस्तानले अस्वीकार गरेको छ ।

इस्लामावादस्थित विश्लेषण समूह सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार गत वर्ष पाकिस्तानका लागि एक दशकमा सबैभन्दा घातक थियो । उक्त वर्ष प्रहरी वा सुरक्षा बलका छ सय ८५ सदस्यसहित एक हजार पाँच सयभन्दा बढी मानिस मारिएका थिए । रासस