जोडिनुहोस
  • होमपेज
  • इजरायलमा इरानको जवाफी कारबाही

इजरायलमा इरानको जवाफी कारबाही

इरानले इजरायली आक्रमणको जवाफ फर्काएको छ। बिहीबार राति इजरायलको आक्रमणमा आफ्ना सैन्य प्रमुख र परमाणु वैज्ञानिक मारिएपछि इरानले जवाफी आक्रमण गरेको हो।

इरानले इजरायलको तेल अभिव, जेरसेलम लगायत विभिन्न ठाउँमा व्यालेस्टिक मिसाइल प्रहार गरेको छ। इरानको इस्लामिक रेभोल्युसनरी गार्डले इजरायलमा कयौँ ब्यालेस्टिक मिसाइल प्रहार गरेको बताएको छ। इरानको आक्रमणमा इजरायलमा ४० जना घाइते भएका छन्।

केही इरानी मिसाइल तेल अभिवको आवसीय भवनमा खसेको बताइएको छ । इजरायली डिफेन्स फोर्सले इरानबाट प्रहार गरिएका केही मिसाइलहरु आफ्नो एन्टी मिसाइल प्रणालीले खसाली दिएको बताएको छ। यसअघि इजरायलको आक्रमणमा इरानको रेभोल्युसनरी गार्डका प्रमुख हुसैन सलामी तथा कम्तीमा ६ परमाणु वैज्ञानिक मारिएका थिए।

संयुक्त राष्ट्रका लागि इरानी राजदूतले इजरायली आक्रमणमा ७८ जनाको मृत्यु भएको र ३२० जना घाइते भएको जानकारी गराएका छन्। सैन्य प्रमुख र वैज्ञानिक मारिएपछि इरानले हिजो उनीहरूको अन्त्यष्टि समारोह गरेपछि राति इजरायलमाथि आक्रमण थालेको हो। इजरायले इरानका परमाणु केन्द्र लक्षित आक्रमण गरेको बताएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका