जोडिनुहोस
  • होमपेज
  • पश्चिम नवलपरासीमा हावाहुरीले रुख ढाल्दा च्यापेर २ जनाको मृत्यु, ३ घाइते

पश्चिम नवलपरासीमा हावाहुरीले रुख ढाल्दा च्यापेर २ जनाको मृत्यु, ३ घाइते

हावाहुरीले रुख ढाल्दा च्यापिएर पश्चिम नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको छ ।

रुखले च्यापेर सुनवल ७ निवासी ३० वर्षिया मिरा बयम्बु र सोही वडाका ४० वर्षिय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए ।

शुक्रबार हावाहुरीसहित आएको पानीबाट जोगिन उनीहरू प्रतिक्षालयमा ओत लागेका थिए । प्रतिक्षालयमाथि नै रुख ढलेपछि मानवीय क्षती भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

रुखले च्यापेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय नरमा परियार, दुर्गा खाम्चा र एकजनाको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि देवदह मेडिकल कलेज पठाइएको छ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका