जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • ओडिशा घटनामा शैक्षिक क्षतिको जिम्मेवारीसहित सुरक्षाको प्रत्याभुति दिनेछौंः भारतीय राजदूतावास

ओडिशा घटनामा शैक्षिक क्षतिको जिम्मेवारीसहित सुरक्षाको प्रत्याभुति दिनेछौंः भारतीय राजदूतावास

ओडिसा घटनाका सम्बन्धमा कलेज र राज्य सरकारसँग समन्वय भइरहेको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।

राजदूतावासले सोमबार साँझ विज्ञप्ती मार्फत दूतावासका अधिकारीहरु कलेज प्रशासन र ओडिशा राज्य सरकारसँग सम्पर्कमा रहेको जनाएको छ। स्थानीय अधिकारीहरूले यस दुर्भाग्यपूर्ण घटनाको अनुसन्धान सुरु गरेको दूतावासलाई जानकारी गराइएको जनाइएको छ।

विज्ञप्तीमा भनिएको छ, ‘ओडिशाको भुवनेश्वरमा स्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा नेपाली विद्यार्थीको दुखद मृत्यु भएको खबरप्रति काठमाडौंस्थित भारतीय दूतावास गहिरो दुःख व्यक्त गर्दछ । यस कठिन घडीमा यस दूतावास मृतकको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ।’

राजदूतावाले कलेजमा रहेका नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन, आफ्नो कक्षा पुनः सुरु गर्न र छात्रावासमा बस्न अपील पनि गरेको छ। कलेजले विद्यार्थीहरूलाई शैक्षिक रुपमा परेको क्षतिको पनि जिम्मेवारी लिने आश्वासन दिएको राजदूतावासले जनाएको छ।

भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशबीचको स्थायी जनस्तर सम्बन्धका महत्त्वपूर्ण पक्ष हुन्। भारत सरकारले भारतमा नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्ने समेत राजदूतावासको विज्ञप्तीमा उल्लेख छ।