जोडिनुहोस
  • होमपेज
  • जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

काठमाडौं– सरोकारवालाहरूले जलवायु अनुकुलनका लागि डिजिटल सारक्षरतामा जोड दिएका छन् ।

शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनको पर्वतीय क्षेत्रमा अनुकुलनका लागि विज्ञान र प्रविधिको संयोजन विषयक समानान्तर सत्रमा वक्ताहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण उपाय अवलम्बनका लागि प्रविधिको विकासका साथै डिजिटल साक्षरतामा जोड दिएका हुन् । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल आइपिसिसीका महासचिव अब्दालाह मोक्स्सितले जलवायु परिवर्तनको मुख्य प्रभाव हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूमा परेको र समयमा अनुकुलनका उपायहरू अवलम्बन गर्न नसकेमा अझै बढी जोखिम बढ्ने बताए।

‘जलवायु प्रविधिको विकास र प्रभावकारी उपयोग हुन सकेमा जलवायुजन्य विपद्बाट धनजनको क्षति कम हुन्छ,’ उनले भने। द एनर्जी एन्ड रिसोर्सेस इन्स्टिच्युट भारतको महानिर्देशक विभा धवनले पछिल्लो समय कृषिमा प्रयोग हुने रासायनिक मलका कारण हरितगृह ग्यास उत्सर्जन बढाउनुका साथै पानीको स्रोत समेत प्रदूषण गराइरहेको भन्दै जैविक मल प्रयोगमा जोड दिनुपर्ने बताए ।

जलवायुविद् डा माधव कार्कीले स्थानीय तथा आदिबासी जनजातिको परम्परागत ज्ञानलाई पनि सम्बोधन गर्दै जलवायु अनुकुलका कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका