जोडिनुहोस
  • होमपेज
  • पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

सिरहा । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको गोलबजार–लगडी–गदियानी सडक निर्माण पाँच वर्ष बितिसक्दा पनि अधूरै छ। सिरहा, अर्नमा र गोलबजार नगरपालिकालाई जोड्ने २८ किलोमिटर सडक वर्षौँदेखि हिलो र धुलोको पर्याय बनेको छ।

स्थानीयवासीले काममा ढिलाइ हुँदा दैनिक आवतजावतमा समस्या भएको गुनासो गरेका छन्। सडक छेउ खनेर放ाइएको, बर्खामा हिलो र हिउँदमा धुलोले जनजीवन प्रभावित भएको बताइएको छ।

२०७७ साल भदौमा २०७९ फागुनसम्म सक्नेगरी ठेक्का सम्झौता गरिएको यो योजना हुलाकी सडक निर्देशनालय, योजना कार्यालय जनकपुरमार्फत सञ्चालनमा छ। तर अहिलेसम्म सडकका केही खण्डमा नाला र ग्राभेल बाहेक खास काम नभएको जनाइएको छ। निर्देशनालयका अनुसार म्याद दुईपटक थपिए पनि हालसम्म २८ प्रतिशत मात्र भौतिक प्रगति भएको छ।

निर्देशनालयले अब अन्तिमपटक एक वर्षको म्याद थप्ने तयारी गरिरहेको छ। प्रमुख कृष्णकुमार महतोका अनुसार समयमा काम नसके ठेकेदारमाथि कारबाही प्रक्रिया अघि बढाइनेछ।

रु ९१ करोड ३९ लाख बराबरको ठेक्कामा निर्माण भइरहेको सडकका लागि अहिलेसम्म करिब २५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। स्थानीय जनप्रतिनिधिहरूले निर्माण व्यवसायी कम्पनीले सम्पर्कविहीन भएको र बेवास्ताका कारण सर्वसाधारणले सास्ती खेपिरहेको गुनासो गरेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका