जोडिनुहोस
  • होमपेज
  • सभामुख घिमिरेद्वारा संसद् अवरोध अन्त्यका लागि गृहमन्त्रीसँग छलफल

सभामुख घिमिरेद्वारा संसद् अवरोध अन्त्यका लागि गृहमन्त्रीसँग छलफल

काठमाडौं। प्रतिनिधिसभाको बैठक लगातार अवरुद्ध भइरहेका बेला सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरुद्ध गरिरहेको छ।

सदनको अवरोध हटाउने प्रयासस्वरूप सभामुख घिमिरे सक्रिय छलफलमा जुटिरहेका छन्। यसै सन्दर्भमा उनले आजको संसद् बैठक बस्नुअघि गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन्। यसअघि उनले रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग पनि छलफल गरेका थिए।

सभामुखको पहलमा जारी संवादमार्फत संसद्को गतिरोध हटाउने प्रयास जारी छ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका