जोडिनुहोस
  • होमपेज
  • कांग्रेस संस्थापन इतर समुहका नेता डा.कोइराला किन विपक्षी दलहरुसँग भेटघाटमा व्यस्त ?

कांग्रेस संस्थापन इतर समुहका नेता डा.कोइराला किन विपक्षी दलहरुसँग भेटघाटमा व्यस्त ?

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता डा. शेखर कोइराला पछिल्लो समय विपक्षी दलहरूसँगको भेटघाटमा विशेष रुपमा सक्रिय देखिएका छन्। तर, यी भेटघाटहरू पार्टीभित्रको आफ्नो आधार नबढाईकन सत्ता समीकरणको ‘सर्टकट’ खोज्ने रणनीतिजस्तै देखिन थालेका छन्।

भर्खरै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको दुई घण्टा लामो छलफलमा कोइरालाले केपी ओली नेतृत्वको सरकार ढाल्न सुझाव दिएको स्रोतको दाबी छ । तर, आफैं नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न नसकेको अवस्थाबाट उनले सरकार परिवर्तनपछिको ‘नयाँ खेल’ सुरु हुने दाबी गर्नु राजनीतिक विसंगति जस्तै देखिएको छ।

प्रचण्डले पनि कुराकानीको क्रममा कोइरालाप्रति जनताको आशा रहेको त बताए, तर साथमा कांग्रेसमा दलको नेता बन्न नसकेको कुरा झिकेर सन्देश पनि छाडे — नेतृत्वविहीन आकांक्षा मात्रले सत्ता पाइँदैन। कोइरालाले आफू कांग्रेस–एमाले गठबन्धनमार्फत बलियो सरकार बनाउने प्रयासमा रहेको बताएका छन्, तर उनले स्वीकारे अनुसार, यस्तो गठबन्धनले पनि जनतालाई एक वर्षसम्म केही आशा देखाउन सकेन। यस्तो आलोचनालाई आफैंले पुष्टि गर्नुले कोइरालाको रणनीतिक अस्पष्टता झन् प्रष्ट देखिएको छ।

यसबाहेक, हालै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटले पनि संकेत गर्छ — कोइराला अहिले राजनीतिभन्दा बढी समीकरण खोज्नमै व्यस्त छन्। तर, दलभित्रको समर्थन, स्पष्ट योजना र सिद्धान्तबिना यस्तो राजनीतिक ह्याण्डशेकहरूले कतै अस्थिरता मात्र निम्त्याउने त होइन रु

नेता कोइरालाले कांग्रेस संस्थापन पक्षका नेताहरुसँग भने खुलेर भेटघाट गरेको देखिदैँन् । सभापति देउवाले कांग्रेसलाई बलियो र अनुशासित बनाउदैँ एक ढिका बनाउने निर्णय गरेपछि डा। कोइरालाले आफ्ना नेताहरुमाथि गत निर्वाचनमा अन्यपार्टीलाई सहयोग गरेको भन्दै कारबाही गरिएकोप्रति असन्तुष्टि जनाए । तर पछिल्लो समय भने डा। कोइरालाले नै पार्टीलाई नैतिकवान बनाउन पार्टीको निर्णय र नेतृत्वको जिम्मेवारीलाई पार्दर्शी रुपमा कार्यान्यन गर्नुपर्ने बताउन थालेका छन् ।

धेरै टिप्पणी गरिएका