जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि

भोलि साँझसम्म पानी पर्ने

काठमाडौं। काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा भदौरे झरी परेको छ।

लुम्बिनी, गण्डकी, बागमती प्रदेश आसपास मनसुनजनित ‘सर्कुलेसन’ बन्दा काठमाडौं उपत्यकासहित देशका आधिकांश भूभागमा झरी परिरहेको हो। यसैका कारण सुदूरपश्चिमका तराई भूभाग पनि डुबानमा पर्न थालेका छन्।

सुदूरपश्चिमको कैलाली, मधेस प्रदेशको पर्सामा धेरै भारी वर्षा भएको छ। पछिल्लो २४ घण्टामा कैलालीको गर्भ दरबार केन्द्रमा १७४ मिलिमिटर वर्षा भएको छ। पर्साको रंगपुरमा १८० मिलिमिटर वर्षा भएको छ।

कञ्चनपुर, कैलालीकै धनगढी, डडेलधुरा, लमजुङ लगायतका जिल्लामा भारी वर्षा मापन भएको छ। काठमाडौं उपत्यकासहित देशका केही स्थानमा बुधबार दिउँसो पानी पर्न मत्थर भए पनि बिहीबारबाट मात्रै मौसम खुल्ने वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

उनकाअनुसार अहिले मनसुनको न्यूनचापीय रेखा सरदरको स्थानभन्दा केही उत्तर नेपालतर्फ सरेको छ। नेपालतर्फ सरे पनि त्यो रेखा नेपालमै भने छैन। तथापि मनसुन सक्रिय देखिएको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेश जोडिएको स्थान आसपास मनसुनजनित सर्कुलेसन बनेको र यसैका कारण निरन्तर वर्षा भएको उनले बताइन्।