जोडिनुहोस
  • होमपेज
  • इन्जिनमा समस्या देखिएपछि समिटको जहाजद्वारा आकस्मिक अवतरण

इन्जिनमा समस्या देखिएपछि समिटको जहाजद्वारा आकस्मिक अवतरण

काठमाडौं : काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ।

बिहान सवा ६ बजे काठमाडौंबाट लुक्ला उडेको ‘नाइन एन एएमजी कल साइन’को सो जहाजमा रामेछाप पुग्दा समस्या देखिएको थियो। लगत्तै काठमाडौं फर्काएर सुरक्षित अवतरण गरिसकेको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए।

जहाजलाई आकस्मिक अवतरण गराउन काठमाडौंको विमानस्थलमा अन्य उडान-अवतरण केहीबेर रोकिएको थियो । जहाजमा चालक दलसहित १९ जना सवार थिए।

विमानको प्राविधिक परीक्षण भइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका