जोडिनुहोस
  • होमपेज
  • राप्रपाको ‘निषेधित क्षेत्र’ च्यालेन्ज: काठमाडौंमा सुरक्षा कडा, तनाव बढ्दो

राप्रपाको ‘निषेधित क्षेत्र’ च्यालेन्ज: काठमाडौंमा सुरक्षा कडा, तनाव बढ्दो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधित क्षेत्र अतिक्रमण गर्ने चेतावनी दिएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले निषेधित क्षेत्रको सुरक्षा अभेद्य बनाउन बिहानैदेखि प्रहरी टोली तैनाथ गरिएको जानकारी दिए। उपत्यकाका विभिन्न गण र गुल्मबाट थप प्रहरी खटाइएको छ। प्रहरीसँग म्याद ननाघेको अश्रुग्यास, प्लास्टिकका गोली र वाटर क्यानलसहितका संयन्त्र तयारी अवस्थामा राखिएको छ।

उपत्यका ट्राफिक प्रहरीले पनि ट्राफिक व्यवस्थापनका लागि ‘डाइभर्सन’ योजना बनाएको छ। उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेले परिस्थिति हेरेर रुट परिवर्तन गर्ने निर्णय लिइने बताए।

राप्रपाले निषेधित क्षेत्रतर्फ प्रदर्शन गर्ने चेतावनी दिएपछि सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा पुगेको छ। राजधानीका प्रमुख चोकहरूमा थप प्रहरी तैनाथी र यातायात व्यवस्थापनका पूर्वतयारीले आइतबारको दिन राजधानीको सडक र राजनीतिक वातावरण दुवै तनावपूर्ण हुने देखिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका