जोडिनुहोस
  • होमपेज
  • शिक्षक आन्दोलन चर्किँदै, १९औं दिनमा प्रवेश, कक्षा १२ को परीक्षामा असहयोगको चेतावनी

शिक्षक आन्दोलन चर्किँदै, १९औं दिनमा प्रवेश, कक्षा १२ को परीक्षामा असहयोगको चेतावनी

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले काठमाडौंको माईतीघर मण्डलामा जारी आन्दोलन आज १९औं दिनमा प्रवेश गरेको छ।

शिक्षामन्त्री, सभामुख र प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरे पनि शिक्षकहरुले ऐन जारी नभएसम्म आन्दोलन नरोकिने अडान लिएका छन्। उनीहरुले ऐनबिनै विद्यालय शिक्षामा सुधार सम्भव नहुने जिकिर गर्दै आन्दोलनलाई निरन्तरता दिइरहेका छन्।

आन्दोलनमा सहभागी एक शिक्षकका अनुसार वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा आफूहरुले सहभागिता जनाउने छैनन्। यद्यपि, राज्यले शिक्षकका मागहरु चाँडै सम्बोधन गर्ने विश्वास आफूहरुले राखेको उनको भनाइ छ।

शिक्षकहरुले अघिल्लो सातासम्म बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म प्रदर्शन गर्दै आएका थिए। तर, आइतबारबाट आन्दोलनको समय बिहान ९ बजेदेखि १२ बजेसम्म परिवर्तन गरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका