जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्यमा भारी वृद्धि, एकै दिन पाँच हजार रुपैयाँले बढ्यो

सुनको मूल्यमा भारी वृद्धि, एकै दिन पाँच हजार रुपैयाँले बढ्यो

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन तोलामा पाँच हजार रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलामा १ लाख ८४ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी ५० रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका