जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • आजदेखि पितृपक्ष समापन गरिँदै

आजदेखि पितृपक्ष समापन गरिँदै

काठमाडौँ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्न दिवङ्गत पितृको नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन हुँदैछ।

धर्मशास्त्रअनुसार १५ दिनसम्म गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिन्छ। पितृपक्षको अन्तिम दिन औँसीमा श्राद्ध गर्नुपर्ने मान्यता छ। अन्य तिथिमा श्राद्ध गर्न नसकिएकाहरूले आज गर्नुपर्ने शास्त्रीय मत छ। नसकेमा आश्विन शुक्ल पञ्चमीभित्र, अथवा कार्तिक कृष्ण औँसी, वृश्चिक सङ्क्रान्ति वा अन्य विशेष दिनमा पनि गर्न सकिने विकल्प धर्मशास्त्रमा उल्लेख छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार श्राद्ध गर्न नसक्नेहरूले ब्राह्मणमार्फत वैदिक मन्त्रसहित १० महिनासम्म दैनिक १०८ जप गर्न सक्ने व्यवस्था पनि शास्त्रमा छ।

श्राद्ध नगर्दा पितृ असन्तुष्ट भई श्राप दिने विश्वास गरिन्छ भने विधिपूर्वक श्राद्ध गर्दा पितृ ऋणबाट मुक्त भई सन्तानले पुण्य प्राप्त गर्ने धारणा छ। गोकर्णेश्वर, बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा आज श्राद्ध गर्नेहरूको घुइँचो लागेको छ।

पितृपक्षको समाप्तिसँगै सोमबार घटस्थापनासहित दुर्गापक्ष अर्थात् बडादसैँ सुरु हुँदैछ।