
रामेछाप । जिल्लाको दोरम्बाबाट काठमाडौंतर्फ शव लिएर जाँदै गरेको एम्बुलेन्स रामेछापको खाडादेवी गाउँपालिका–३, भिरपानीमा दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार, दुर्घटनामा दोरम्बा शैलुङ गाउँपालिका–२ का ४१ वर्षीय नारायण नेपाली र ५३ वर्षीय दीपबहादुर दमाई घाइते भएका हुन्। उनीहरूलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ।
प्र ३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स आत्महत्या गरेका व्यक्तिको शव लिएर काठमाडौंतर्फ जाँदै थियो। इलाका प्रहरी कार्यालय चोप्राङका प्रहरी जवान भुपेश आछामीका अनुसार एम्बुलेन्समा चालक, एक प्रहरी जवानसहित चार जना सवार थिए।
दुर्घटनामा एम्बुलेन्स चालक पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ।