जोडिनुहोस
  • होमपेज
  • सिङ्गापुरलाई हराउँदै नेपालको विजयी शुरुआत

सिङ्गापुरलाई हराउँदै नेपालको विजयी शुरुआत

एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । मलेशियामा आज भएको खेलमा नेपालले सिङ्गापुरलाई ६ विकेटले हरायो । सिङ्गापुरले दिएको १ सय ३९ रनको लक्ष्य नेपालले ३३ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका प्रसिद्ध जैशीले ५५, रौनक श्रीवास्तवले ४० रन बनाए । सिङ्गापुरका आकाश तेजाले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुर ३६ ओभर १ बलमा १ सय ३८ रनमा अलआउट भयो । सिङ्गापुरका रिआन नैकले सबैभन्दा धेरै ५३ रन बनाए । नेपालका कप्तान विपिनप्रसाद शर्माले ४, सचिन भट्टले ३ विकेट लिए ।

१६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।

नेपालले दोस्रो खेलमा पर्सि मङ्गलवार जापान, तेस्रो खेलमा असार १५ गते इन्डोनेसिया र समूह चरणको अन्तिम खेलमा असार १७ गते भूटानसँग खेल्नेछ । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका