जोडिनुहोस
  • होमपेज
  • अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति कार्यलाई तीव्र पारिएको छ।

गत मङ्सिर अन्तिम साता म्याद सकिएर पुनः एकवर्ष थपिएपछि स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको हो। आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि २०७९ मङ्सिर २७ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते आयोजनाको म्याद सकिएको थियो। यो सडकखण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालिले चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएको थियो।

यो अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएको सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुलीबर्दिबास सडक आयोजनाले जनाएको छ। सम्झौताअनुसार म्याद सकिँदा ४० प्रतिशत विस्तारकार्य अधुरो अवस्थामा रहेको हो।

कन्स्ट्रक्सनका मेनेजर रवीन्द्र श्रेष्ठका अनुसार साँगा-धुलिखेल खण्डमा समग्रमा ६० प्रतिशत तथा पिचबाहेक भौतिक प्रगति ९० प्रतिशत सम्पन्न भएको छ । हालसम्म धुलिखेल क्षेत्रमा करिब एक किमी र पुल बजार-जनागाल क्षेत्रमा करिब एक किमी सडक कालोपत्र गरिएको छ, भने पीचकार्यलाई तीव्रता दिइएको हो।

यसअघि गत मङ्सिर तेस्रो साता डेढ वर्षदेखि रोकिएको सूर्यबिनायक–धुलिखेल सडकखण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति शुरु गरिएको थियो । पुल बजार क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले विवाद गरेपछि डेढ वर्षदेखि अवरुद्ध करिब तीन सय मिटर सडकको स्तरोन्नतीकार्यलाई केही विषयमा सम्झौता गरेपछि पुनः निरन्तरता दिने सहमति भएको थियो ।

सूर्यविनायक धुलिखेल सडक आयोजनाका आयोजना प्रमुख विजयकुमार महतोले साँगा–धुलिखेल पहिलो खण्डमा ६० प्रतिशत र दोस्रो सूर्यविनायक–साँगा खण्डमा भने ४५ प्रतिशत काम सकिएको बताए। उनका अनुसार सूर्यविनायक–साँगा खण्डमा केही स्थानका र भत्काउने प्रक्रिया भइरहेको छ । आयोजनाका इञ्जीनीयर विष्णुप्रसाद खनालका अनुसार जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी, बनेपा बजारलगायतका क्षेत्रमा हाल कामलाई तीव्रता दिइएको छ । उहाँका अनुसार पुलबजार–जनागाल क्षेत्रको बनेपातर्फ दायाँतर्फ लम्बाइ ८०० मिटर र चौडाइ १० मिटर कालोपत्र सम्पन्न भइसकेको छ बनेपाबाट साँगातर्फ बाँया लेनको कालोपत्रको तयारी भइरहेको छ।

यस्तै हाल बाँसघारी–बुडोल क्षेत्रमा मेन लेनमा कटिङ र सर्भिस लेनमा ग्राभेल राख्ने काम भइरहेको छ। बनेपाको चाँदनी चोकमा कल्र्भट राख्ने तयारी भइरहेको छ भने बनेपाको चण्डेश्वरी खोला क्षेत्रमा अहिले पर्खाल लगाउने, फिलिङ गर्ने काम भइरहेको खनालको भनाइ छ। साँगा–भैँसेपाटी क्षेत्रको ढुङ्गेधारामा अहिले कटिङको काम भइरहेको उनले जानकारी दिए।

सूर्यविनायक–धुलिखेल सडक विस्तारकार्य अन्तर्गत दोस्रो खण्ड सूर्यविनायक-साँगा-७.५ किलोमिटर विस्तारका लागि तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लगाइएको थियो। यो खण्डको ठेक्का अवधि पनि आउँदो पुस १८ गते म्याद सकिँदैछ। साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि छ लेनमा विस्तार थालिएको हो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help