जोडिनुहोस
  • होमपेज
  • इरानका छ विमानस्थलमा इजरायली आक्रमण

अन्तर्राष्ट्रिय

इरानका छ विमानस्थलमा इजरायली आक्रमण

इरानका छ विमानस्थलमा इजरायली आक्रमण

इजरायली सेनाले इरानका छ वटा विमानस्थलमा आक्रमण गरेको दाबी गरेको छ । इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले सामाजिक सञ्जालमार्फत् आक्रमणको दाबी गरेको हो । आक्रमणका क्रममा १५ एयरक्राफ्ट नष्ट गरेको र रनवेमा क्षति पुगेको पनि बताएको छ ।

आईडीएफले उक्त आक्रमण पश्चिमी, पूर्वी र मध्ये इरानमा अवस्थित विमानस्थलहरूमा गरिएको हो । इजरायली सेनाले विमानस्थलको रनवे र भूमिगत बंकरहरूमा पनि क्षति पुगेको बताएको छ ।

आक्रमणबाट इरानका एफ–१५ र एफ–५ फाइटर जेट, रिफ्युलिङ प्लेन र एएच–१ कोबरा अट्याक हेलिकप्टर क्षतिग्रस्त भएका आईडीएफको भनाइ छ।

तर, इरानले भने आईडीएफको दाबीबारे कुनै प्रतिक्रिया नदिएको बीबीसीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका