जोडिनुहोस
  • होमपेज
  • इरानको आणविक कार्यक्रमलाई अमेरिकाले ध्वस्त पार्न नसकेको गुप्चरहरुको मूल्यांकन

इरानको आणविक कार्यक्रमलाई अमेरिकाले ध्वस्त पार्न नसकेको गुप्चरहरुको मूल्यांकन

काठमाडौं।इरानका आणविक भट्टीहरुमा अमेरिकाले गरेको आक्रमणले त्यहाँको आणविक कार्यक्रमलाई पूर्ण रुपमा ध्वस्त पार्न नसकेको गुप्तचरहरुको मूल्यांकनले देखाएको छ ।

अमेरिकी आक्रमणले केवल केही महिनाका लागि मात्रै आणविक कार्यक्रम पछि सारेको बताइएको छ । इरानले घातक युरेनियम संग्रह गरेको भन्दै अमेरिकाले त्यसलाई ध्वस्त गर्न प्रत्यक्ष आक्रमण गरेको थियो ।

तर अमेरिकाले युरेनियम नै नभएको ठाउँमा आक्रमण गरेको गुप्तचरहरुले बताएका छन् । पेन्टागन अन्तर्गतको डिफेन्स इन्टेलिजेन्स एजेन्सीको प्रारम्भिक क्षति मूल्याङ्कन विवरण अमेरिकी सञ्चार संस्था सिबिएस र अन्य मिडियामा चुहावट भएको छ ।

तर ह्वाइट हाउसले सो मूल्याङ्कनलाई पूर्ण रूपमा गलत भन्दै खण्डन गर्दै आएको छ । ह्वाइट हाउसका प्रवक्ताले सो रिपोर्ट राष्ट्रपति डोनाल्ड ट्रम्पको छवि बिगार्ने नियोजित प्रयास भएको टिप्पणी गरेका छन् ।

यसैबीच इजरायल र इरानबीच १२ दिन लामो युद्ध अन्त्य गर्दै युद्धविराम कायम भएको दुबै पक्षले पुष्टि गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका