जोडिनुहोस
  • होमपेज
  • राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा: ब्याज दर यथावत, सेयर धितो कर्जामा जोखिम भार घटाइयो

राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा: ब्याज दर यथावत, सेयर धितो कर्जामा जोखिम भार घटाइयो

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै छ वटा मुख्य बुँदामा नीति संशोधन गरेको छ। आइतबार सञ्चालक समितिको निर्णयपछि सार्वजनिक गरिएको समीक्षा अनुसार, समग्र मौद्रिक नीतिको कार्यदिशा सन्तुलित र सतर्कता मूलक राखिएको छ।

समीक्षा अनुसार भएका प्रमुख ६ नीतिगत संशोधन:

  1. नीतिगत दरहरू यथावत

    • नीतिगत दर: ५.०%

    • निक्षेप सङ्कलन दर (तल्लो सीमा): ३.०%

    • बैंक दर (माथिल्लो सीमा): ६.५%

  2. नगद मौज्दातमा सुधार

    • बैंक तथा वित्तीय संस्थाले दैनिक रूपमा ९०% न्यूनतम नगद मौज्दात अनिवार्य राख्नुपर्ने व्यवस्था लागू गरिने।

  3. सेयर धितो कर्जाको जोखिम भार घटाइयो

    • पहिले १२५% रहेको जोखिम भारलाई घटाएर १००% कायम गरिएको छ, जसले लगानीकर्तालाई सहजता दिने अपेक्षा गरिएको छ।

  4. वैदेशिक लगानीका लागि नयाँ विनियमावली आउँदै

    • विदेशी विनिमय ऐन र प्रविधि हस्तान्तरण ऐनको संशोधनलाई समेटेर “विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियमावली, २०७८” ल्याइनेछ।

  5. चेक अनादरसम्बन्धी नयाँ कार्यविधि तयार हुने

    • चेक बाउन्ससम्बन्धी मुद्दामा प्रमाणिकरणको प्रक्रिया स्पष्ट बनाउने कार्यविधि अब छिट्टै लागू हुनेछ।

  6. तरलता व्यवस्थापनमा सुधार

    • वित्तीय प्रणालीको तरलता अवस्था सन्तुलनमा राख्न खुला बजार उपकरणहरूको प्रयोगलाई थप व्यवस्थित बनाइनेछ।

    • राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ ।केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशतमा झारेको हो ।केन्द्रीय बैंकले सेयर बजार तथा घरजग्गाको लगानी अनुत्पादक हुने भएकाले जोखिम उच्च हुने भन्दै जोखिम भार बढाएको थियो । तर, नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत सेयर बजारको जोखिम भार १२५ प्रतिशतलाई घटाई सयमा झारेका हुन् ।

राष्ट्र बैंकको यो समीक्षा विशेषगरी ब्याजदर स्थिरता, वित्तीय प्रणालीको स्थायित्व, लगानीमैत्री वातावरण र सुधारिएको ऋण व्यवस्थापनमा केन्द्रित देखिन्छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका