जोडिनुहोस

आर्थिक

तोलामा १४ सयले घट्यो सुन

तोलामा १४ सयले घट्यो सुन

काठमाडौं : नेपाल बजारमा आज सुनको मूल्य घटेको छ।

अघिल्लो दिन आइतबार एक सय रुपैयाँले बढेको सुन आज १४ सय रुपैयाँले घटेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार  आज १४ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ८८ हजार ३०० रुपँयाँ कायम भएको हो।

आइतबार एक तोला सुनको मूल्य १ लाख ८९ हजार ७०० पुगेको थियो। यसैगरी आज  चाँदीको भाउ पनि घटेको छ।

आज २० रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य १९ सय ७० रुपैयाँ कायम भएको छ। आइतबार प्रतितोला चाँदी १९ सय ९० रुपैयाँमा खरिदबिक्री भएको थियो।