
काठमाडौं । भोलि काठमाडौंमा नेकपा (एमाले) र राजावादी समूहले आयोजना गर्न लागेको प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यकामा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिइएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले उपत्यका भित्रको शान्ति सुरक्षा सुदृढ बनाउन सबै मातहत प्रहरी इन्चार्जहरूलाई निर्देशन दिएका हुन्।
एक कार्यक्रममा बोल्दै एआईजी तामाङले कुनै पनि विरोध प्रदर्शनका क्रममा भिड नियन्त्रणमा खटिने प्रहरीलाई सामूहिक भावना र उच्च मनोबलका साथ पूर्ण पेशागत ढंगले कार्य सम्पादन गर्न निर्देशन दिए। उनले कानुनअनुसार र संयमित तवरले जिम्मेवारी वहन गर्न पनि प्रहरीलाई आग्रह गरे।