जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • गणतन्त्र उत्सव जनताको एउटा खुसी र गौरवको दिन हो : महासचिव पोखरेल

गणतन्त्र उत्सव जनताको एउटा खुसी र गौरवको दिन हो : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले गणतन्त्र उत्सव जनताको एउटा खुसी र गौरवको दिन हो भन्ने जानकारी दिन मनाउन थालिएको बताएका छन् ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज प्रेस चौतारी नेपालले गणतन्त्र उत्सवको तयारीका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्रलाई उत्सवको रूपमा हुँदै छ भन्ने थालनी आफूहरूले भोलिको गणतन्त्र उत्सव कार्यक्रमबाट सन्देश दिन खोजेको बताए ।

‘संविधान सभाका ऐतिहासिक फैसला स्वीकार गरेका पूर्व राजा ज्ञानेन्द्र र संविधानको विपक्षमा लोकतन्त्रको विरोधमा जुन खालको गतिविधि गरिरहेको हामीले देखिरहेका छौ,’ उनले भने, ‘त्यस्तो अवस्थामा नेपाली जनतालाई गणतन्त्रका उत्सवका रूपमा हाम्रो पार्टीले महसुस गर्‍यौ र त्यसै अनुरूप हाम्रो पार्टीले जेठ १५ गतलाई गणतन्त्र उत्सवमा मनाउने निर्णय गरौँ र तयारीमा जुटेका छौ ।’

महासचिव पोखरेलले सांस्कृतिक झाँकीसहित उत्सवको रूपमा दिवस मनाइने बताए । ‘हाम्रो देश भाषिक जातीय र सांस्कृतिक युक्त देश भएको नाताले जनता सार्वभौमसत्ता सम्पन्न भएको ऐतिहासिक दिनलाई जनउत्सवको रूपमा मनाउने भएकोले त्यो विविधतालाई भोलि आयोजना हुने कार्यक्रमका माध्यमबाट प्रकट गर्न चाहन्छौ,’ उनले भने, ‘हाम्रो कार्यक्रममा विभिन्न जातजातिका समुदाय, विशेष सांस्कृतिक भेषभुषा, बाजागाजा सांस्कृतिक झाकी सहित हुने छ । यसले एउटा विशिष्ट छाप छाडने छ ।’

महासचिव पोखरेलले मुलुकको सबै ध्यान राजनीतिक व्यवस्था पुगिसकेकोले अबको आफूहरूको ध्यान विकास र समृद्धको दिशातर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।उनले राजनीतिक दलबीच सहमति भयो भने संविधानमा समेत संशोधन गरेर गणतन्त्र दिवसलाई विशेष समारोह गर्ने गरी बजेट प्रस्तुत गर्ने दिनलाई फरक दिनमा लैजाने उपयुक्त हुने बताए । उनले एमाले मात्र होइन सबै राजनीतिक दलका प्रतिनिधि जेठ १५ गतेको गणतन्त्र उत्सवको दिनको समारोहमा सामेल भएर गणतन्त्रलाई उत्सवका रूपमा मनाउन हातेमालो गर्न आग्रह गरेका छन् ।