जोडिनुहोस
  • होमपेज
  • रास्वपा र राप्रपाको आज पनि सदन अवरोध

रास्वपा र राप्रपाको आज पनि सदन अवरोध

काठमाडौं । रास्वपा र राप्रपाले आज (शनिबार) प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै अवरोध गरेको हो । आज सदनमा प्रधानमन्त्ती केपी ओलीले बोल्ने तयारी छ । तर उनीहरुले आफूहरु आन्दोलन नछाड्ने अडान बैठकमा सुनाएका छन् ।

रास्वपाका सांसदहरु अहिले वेल घेराउ गरिरहेका छन् भने राप्रपा सांसदहरु बैठकबाट बाहिरिएका छन् । सभामुखले समय दिएपछि रास्वपाका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग गरे । यही माग राखेर प्रतिपक्षी दलले गत जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दै आएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?