जोडिनुहोस
  • होमपेज
  • संभावित झडप रोक्न सुरक्षा कडाइ, ड्रोनबाट निगरानी गरिँदै

संभावित झडप रोक्न सुरक्षा कडाइ, ड्रोनबाट निगरानी गरिँदै

काठमाडौं। सत्तारुढ नेकपा एमालेको कार्यक्रम र राजावादी समूहको प्रदर्शनलाई लक्षित गरेर आज (बिहीबार) बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ बनाइएको छ। उक्त क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् भने ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने भएको छ।

भृकुटीमण्डपमा एमालेले बिहान ११ बजे कार्यक्रम राखेको छ भने राप्रपालगायत राजावादीको प्रदर्शन रत्नपार्क क्षेत्रमा हुने भएको छ। प्रशासनले उनीहरूका लागि दिउँसो साढे दुई बजेपछिको समय तोकिदिएको छ। एमाले र राजावादी समूहलाई प्रशासनले छुट्टाछुट्टै समय उपलब्ध गराएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिले एमालेलाई कार्यक्रम गर्न र त्यसपछि राजावादीको प्रदर्शन गर्न समय छुट्याएको हो। एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम सुरु गरेर सवा २ बजेसम्म सक्न प्रशासनले अनुरोध गरेको छ। त्यसपछि शान्तिबाटीका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिइएको छ। केन्द्रीय सुरक्षा समितिको बैठकले प्रदर्शनलाई मुठभेडमा परिणत हुन नदिने र निषेधित क्षेत्रमा प्रवेश गर्न नदिने निर्णय गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका