
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले बजेटका प्रमुख प्राथमिकता सार्वजनिक गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विकासको गति बढाउन र जनताको जीवनस्तर सुधार गर्न केन्द्रित पाँचवटा प्रमुख बुँदामा जोड दिएका छन्।
यहाँ छन् बजेटका पाँच मुख्य प्राथमिकता :
उद्यमशीलता, रोजगारी, उत्पादन र उत्पादकत्व अभिवृद्धि — निजी क्षेत्रलाई प्रोत्साहन गर्दै स्वरोजगार र उत्पादनमा जोड दिने।
गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी — सडक, ऊर्जा, सिँचाइ लगायत क्षेत्रमा प्रभावकारी र प्रतिफलमुखी लगानी गर्ने योजना।
सामाजिक क्षेत्रमा गुणात्मक सुधार — शिक्षा, स्वास्थ्य, साक्षरता र समावेशी सेवामा सुधार ल्याउने लक्ष्य।
सन्तुलित विकास र सामाजिक सुरक्षा सुनिश्चितता — क्षेत्रीय विकास असमानता घटाउँदै सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने।
नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार — सरकारी सेवामा पारदर्शिता, उत्तरदायित्व र प्रविधिको प्रयोगमार्फत सुशासन सुनिश्चित गर्ने।
यी प्राथमिकताले आर्थिक पुनरुत्थान र समावेशी समृद्धिको बाटो खोल्ने सरकारको अपेक्षा रहेको छ। अर्थमन्त्री पौडेलका अनुसार, बजेटले उत्पादनमुखी अर्थतन्त्र निर्माणतर्फ स्पष्ट मार्गदर्शन दिनेछ।