
पुजन घिमिरे
झापा । शुक्रबार साँझबाट शुरु भएको वर्षाका कारण माई खोलाको बाढी झापा गाउँपालिकाको बस्तीमा पसेको छ ।
हावाहुरीसहितको अबिरल वर्षा हुँदा माई खोलामा आएको बाढी झापा गाउँपालिकाको बस्तीमा पसेको हो । झापा गाउँपालिकाको वडा नं २ सुगाबथान, कुवारी , मिलनबस्तीलगायतका मानव बस्तीमा पानी पसेको हो ।
त्यहाँ करिव एक फुट पानी घरभित्र पसेको छ । घरघरमा पानी पसेपछि मानिसहरु घर छोडेर बाटोमा भेला हुन थालेका छन् ।बाढीले किसानहरुको मकैबालीमा ठूलो क्षति गरेको छ । यसैगरी अबिरल बर्षाका कारण झापास्थित महेन्द्र राजमार्गको विभिन्न खण्ड बिहानैबाट अबरुद्ध बनेको छ । महेन्द्र राजमार्गको बुट्टाबारी-चारआली, चारआली-धुलाबारी सडक खण्ड अवरुद्द भएको हो ।