जोडिनुहोस
  • होमपेज
  • हनरले सार्वजनिक गर्‍यो ‘म्याजिक अफ ८’ शृङ्खला

हनरले सार्वजनिक गर्‍यो ‘म्याजिक अफ ८’ शृङ्खला

प्रविधि ब्रान्ड HONOR ले नेपालमा आफ्नो नयाँ ‘म्याजिक अफ ८’ शृङ्खला सार्वजनिक गरेको छ। कम्पनीले हनर म्याजिक ८ प्रो, हनर एक्स ८ डी र हनर प्याड एक्स ८ बी बजारमा ल्याउँदै शक्तिशाली क्षमता, कृत्रिम बुद्धिमत्ता र आकर्षक डिजाइनको संयोजन प्रस्तुत गरेको जनाएको छ।

यस शृङ्खलाको प्रमुख आकर्षण हनर म्याजिक ८ प्रो रहेको छ। यसमा २०० मेगापिक्सेल क्यामेरा, स्न्यापड्रागन ८ एलिट जेन ५ प्रोसेसर तथा ७१०० एमएएच ब्याट्री रहेको कम्पनीले जनाएको छ। यसको अग्रिम बुकिङ मूल्य १ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ। सीमित अवधिका लागि खरिद गर्ने ग्राहकले ३० हजार रुपैयाँ बराबरको हनर प्याड एक्स ८ बी निःशुल्क पाउनेछन्।

हनर एक्स ८ डी मा ७००० एमएएच ब्याट्री, ४५ वाट द्रुत चार्जिङ, १०८ मेगापिक्सेल क्यामेरा तथा विभिन्न कृत्रिम बुद्धिमत्ता सुविधा समावेश छन्। यो दुई संस्करणमा उपलब्ध छ, जसको मूल्य ३९ हजार ९९९ रुपैयाँदेखि सुरु हुन्छ।

कम्पनीका अनुसार ‘म्याजिक अफ ८’ शृङ्खला सिर्जनाकर्मी, व्यवसायिक तथा दैनिक प्रयोगकर्तालाई लक्षित गर्दै तयार गरिएको हो। यो नेपालभरका आधिकारिक हनर विक्री केन्द्रमा उपलब्ध हुने कम्पनीले जनाएको छ।