जोडिनुहोस
  • होमपेज
  • काठमाडौँको हावा अत्यन्त अस्वस्थ, विश्वकै बढी प्रदूषित सहरमा शीर्ष स्थानमा

काठमाडौँको हावा अत्यन्त अस्वस्थ, विश्वकै बढी प्रदूषित सहरमा शीर्ष स्थानमा

काठमाडौं । नेपालको राजधानी काठमाडौँ हाल विश्वका सबैभन्दा बढी वायु प्रदूषण भएका सहरमध्ये पहिलो स्थानमा पुगेको छ। वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो।

संस्थाका अनुसार काठमाडौँको वायु गुणस्तर सूचकांक आइक्युएयर १८४ पुगेको छ, जुन स्वास्थ्यका दृष्टिले ‘अस्वस्थ’ श्रेणीमा पर्छ। उपत्यकाको आकाश अहिले बाक्लो तुवाँलोले ढाकिएको देखिन्छ र सर्वसाधारणले प्रदूषणको असर प्रत्यक्ष रूपमा अनुभव गरिरहेका छन्। धेरै मानिसले आँखा पोल्ने, घाँटी चिलाउने तथा श्वासप्रश्वासमा समस्या हुने गुनासो गरेका छन्।

सूचीमा काठमाडौँपछि ढाका १७० एक्यूआईसहित दोस्रो स्थानमा छ भने कलकत्ता १६९ एक्यूआईसहित तेस्रो स्थानमा परेको छ।

विज्ञहरूका अनुसार काठमाडौँको बढ्दो वायु प्रदूषणमा सवारी साधनको अत्यधिक चाप, सडक विस्तारका क्रममा उड्ने धुलो तथा देशका विभिन्न भागमा लागिरहेको वन डढेलो मुख्य कारण हुन्।

चिकित्सकहरूले यस्तो प्रदूषित वातावरण बालबालिका, ज्येष्ठ नागरिक तथा दम वा मुटुसम्बन्धी रोग भएका व्यक्तिका लागि विशेष जोखिमपूर्ण हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले सम्भव भएसम्म बाहिरी गतिविधि कम गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।