जोडिनुहोस
  • होमपेज
  • भिजेल हाईल्याण्ड रिसोर्ट प्रतिष्ठित एसियाली ट्राभल अवार्ड्स साटामा मनोनयन

भिजेल हाईल्याण्ड रिसोर्ट प्रतिष्ठित एसियाली ट्राभल अवार्ड्स साटामा मनोनयन

काठमाण्डौं – भिजेल हाईल्याण्ड रिसोर्ट दक्षिण एशियाकै प्रतिष्ठित एसियाली ट्राभल अवार्ड्स साटा २०२६ का लागि मनोनयनमा परेको छ । दक्षिण एसियाली पर्यटन तथा होटल उद्योगमा महत्वपूर्ण मानिने साटा अवार्डले हरेक वर्ष उत्कृष्ट होटल, रिसोर्ट, ट्राभल कम्पनी, पर्यटन व्यवसायलाई सम्मान गर्दै आएको छ । यस वर्ष भिलेज हाईल्याण्ड रिसोर्ट भक्तपुर रानीकोट मनोनयनमा परेको हो ।

नेपाली पर्यटन क्षेत्रका लागि समेत यो महत्वपूर्ण उपलब्धिका रूपमा लिएको सञ्चालक रामसुन्दर बकेले बताए । पर्यटन व्यवसायीहरूले अन्तर्राष्ट्रियस्तरमा नेपाली होटल तथा रिसोर्टको उपस्थिति बढ्दै जानु नेपालको पर्यटन प्रवर्द्धनका लागि सकारात्मक भएको पनि उनले बताए । प्राकृतिक वातावरण, शान्त तथा पारिवारिक, पर्यटकमैत्री उत्कृष्ट आतिथ्य सेवाका कारण रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकबीच लोकप्रिय बन्दै गएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ र काभ्रेको पनौती नगरपालिका–१ को संगमस्थल रानीकोटमा रहेको रिसोर्ट काठमाण्डौं उपत्यकासहित लाङटाङ हिमशृंखलासम्मको मनोरम दृश्य अवलोकन गर्न सकिने छ । रिसोर्ट परिसरमा हाइकिङ, नेचर वाक, बर्ड वाचिङ तथा गाउँ पर्यटनको अनुभव लिन सकिने छ । साथै ऐतिहासिक रानीकोट किल्लासहित आसपासका धार्मिक तथा प्राकृतिक स्थलहरूको भ्रमणसमेत गर्न सकिन्छ ।

रिसोर्टमा आधुनिक सुविधासहित आरामदायी आवास, स्थानीय तथा अन्तर्राष्ट्रिय परिकार तथा पारिवारिक वातावरण उपलब्ध रहेको व्यवस्थापनले जनाएको छ । रिसोर्टले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत साटा २०२६ को मनोनयनबारे जानकारी दिँदै समर्थक तथा शुभेच्छुकलाई अनलाइन भोट गर्न आग्रह गरेको छ ।

दक्षिण एसियाली ट्राभल अवार्ड्स साटा सन् २०१६ देखि सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम हो । नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, भुटान तथा बंगलादेशलगायत दक्षिण एसियाली मुलुकका पर्यटन तथा होटल व्यवसायबीच प्रतिस्पर्धा हुने गर्दछ ।