जोडिनुहोस

विद्यालय भवनको शिलान्यास

झापा— झापा जिल्लाको गौरादह नगरपालिका–१ मा अवस्थित श्री जनता माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास भएको छ । उक्त भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर श्री गीतांजलि ब्रैंडन र गौरादह नगरपालिकाका मेयर श्छत्रपति सुबेदीले संयुक्त रुपमा शिलान्यास गरे।

भारत सरकारको करिब ५ करोड ८० लाखको आर्थिक सहयोग सो विद्यालय भवनको निर्माण हुन लागेको हो । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्र्तगत झापाको गौरादह नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

कोशी प्रदेशका मुख्यमन्त्री तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे ।
उनीहरुले नयाँ संरचनाले गौरादह नगरपालिकामा विद्यार्थी र शिक्षकहरुका लागि सिकाईको वातावरण सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोग गर्दै आएको छ ।