जोडिनुहोस
आइतवार, अशोज २०, २०८१
आइतवार, अशोज २०, २०८१
  • होमपेज
  • इसेवाको ब्रान्ड दूत नियुक्त भए सुमन कार्की

इसेवाको ब्रान्ड दूत नियुक्त भए सुमन कार्की

काठमाडाैं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लि.ले कलाकार सुमन कार्कीलाई ब्रान्ड दूत बनाएको छ ।

मंगलबार इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम र कलाकार सुमन कार्कीबीच पुल्चोकस्थित इसेवाको मुख्य कार्यालयमा एक औपचारिक कार्यक्रममार्फत् सम्झौतामा हस्ताक्षर भएको हो ।

चिफ बिजनेस अफिसर गौतमले इसेवाको आगामी दिनहरूमा हुने प्रचारप्रसारको क्रममा कार्कीको महत्वपूर्ण भूमिका हुने बताए । कमेडी च्याम्पियनबाट हास्य कलाक्षेत्रमा प्रवेश गरेका कार्की नेपाली हास्य व्यंग्य क्षेत्रमा छोटो समयमै लोकप्रिय कलाकार बनेका छन् ।

इसेवा र कार्की बीचको यस साझेदारीले ब्रान्डको प्रचारप्रसारसँगै दर्शक र ग्राहकहरूले रमाइलो शैलीको प्रस्तुत सामग्रीहरू पनि देख्न पाउने बताइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका