
चितवन। मनकामनामा लडेर एकजना पर्यटकको मृत्यु भएको छ ।
केवलकार स्टेशनको शौचालयभित्र लडेर भारतको गुजरात पालनपुर बस्ने ६२ वर्षीय निरज भाइ भनिने मन्नुप्रसाद भट्टको मृत्यु भएको हो ।
शौचालयमा अचेत अवस्थामा भेटिएका उनलाई उपचारको लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याइएकोमा मृत्यु भएको हो ।