जोडिनुहोस

हालको खबर

Erros Comuns de Jogadores em Cassinos: O Que Evitar
  • ४१ मिनेटutes अगाडि
Online Casino No Deposit Bonus Coupon Codes
  • १ घन्टा अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • १ घन्टा अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • १ घन्टा अगाडि
  • होमपेज
  • केआईआईटी घटनाबारे उडिसाका मुख्यमन्त्रीद्वारा नेपाली अधिकारीसँग छलफल

केआईआईटी घटनाबारे उडिसाका मुख्यमन्त्रीद्वारा नेपाली अधिकारीसँग छलफल

भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युबारे त्यहाँका मुख्यमन्त्रीले नेपाली अधिकारीहरूसँग छलफल गरेका छन् । उडिसाका मुख्यमन्त्री मोहन चरण माझीले नेपाली दूतावास दिल्लीबाट पुगेका काउन्सिलरद्वय सञ्जीव शर्मा दास र नवीन राज अधिकारीसँग बुधबार छलफल गरेका हुन् ।

भेटका क्रममा मुख्यमन्त्री माझीले केआईआईटी क्याम्पसमा शान्ति र सामान्यता पुनर्स्थापित गरिने बताए । उनले मृतक प्रकृतिको मुद्दामा न्याय प्रदान गरिने विश्वास पनि दिलाएका नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

मुख्यमन्त्री माझीले नेपाली विद्यार्थीलाई क्याम्पसमा फर्कन र आफ्नो पढाइ पुनः अगाडि बढाउन आग्रह गरेका छन् ।  केआईआईटीमा सामान्य अवस्थाको पुनर्स्थापनालाई सुनिश्चित गर्न मन्त्रीद्वय मुकेश महालिङ र सूर्यवंशी सुरज, मुख्य सचिव मनोज आहुजासहित नेपालका अधिकारीहरूसँग स्टेट गेस्ट हाउसमा छलफल गरिएको थियो।

यसका साथै, नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले यस विषयमा मन्त्री सूर्यवंशी सुरजसँग फोनमा कुराकानी गरिसकेको दूतावासले जनाएको छ ।  केआईआईटीमा अध्ययनरत नेपाली छात्रा लम्साल आइतबार क्याम्पसको होस्टेल परिसरमा मृत भेटिएकी थिइन् । त्यसपछि त्यहाँ ‘असामान्य’ अवस्था सिर्जना भएको थियो । तर, दुवै देशका अधिकारीहरूको पहलमा स्थिति सामान्य बन्दै गइरहेको छ ।

विश्वविद्यालयले नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने दुई सुरक्षा गार्डलाई सेवाबाट बर्खास्त गरेको छ भने प्राध्यापकहरूलाई निलम्बन गरेको छ । स्थानीय प्रहरीले आरोपीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।