जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओलीले आज सपथ लिँदै

प्रधानमन्त्री ओलीले आज सपथ लिँदै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । अहिले बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । उनलाई राष्ट्रपति पौडेलले संविधानको धारा ७६९२० अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

२८ असारमा प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए ।

त्यसैदिन राष्ट्रपति पौडेलले दुई दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । त्यसलगत्तै एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा दाबी पेस गरेका थिए । प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले आजै मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका