जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • सवारी दुर्घटनामा परी भारतमा ४ नेपालीको मृत्यु

सवारी दुर्घटनामा परी भारतमा ४ नेपालीको मृत्यु

काठमाडौं । भारतमा भएको सवारी दुर्घटनामा परि चार नेपालीको मृत्यु भएको छ । शनिबार दिउँसो भारतीय बजार खटिमास्थित चकरपुरमा भएको सवारी दुर्घटनामा परि कञ्चनपुरका एकै परिवारका चार जनाले ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतको उधमसिंहनगर खातिमाको मुडेली क्षेत्र गोयल कोलोनीमा बस्दै आएका उनीहरु शनिबार बिहान आफन्त भेट्न कञ्चनपुर आएर फर्कदै गर्दा दुर्घटनामा परेको हो ।

दुईवटा स्कुटरमा सवार उनीहरुलाई पछाडिबाट आएको तीव्र गतीको कारले ठक्कर दिएको थियो । दुर्घटनामा तीन जनाको घटनास्थमै र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

दुर्घटनामा ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइबुहारी कल्पनाको मृत्यु भएको हो । स्कुटरलाई ठक्कर दिएर चालक फरार भएको र खोजी जारी रहेको चकरपुर प्रहरी चौकीका इन्चार्ज प्रियांशु जोशीले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्