जोडिनुहोस
  • होमपेज
  • सहकारी ठगी र संगठित अपराधमा लामिछानेविरुद्ध पूरक अभियोग लैजाने तयारीमा प्रहरी

सहकारी ठगी र संगठित अपराधमा लामिछानेविरुद्ध पूरक अभियोग लैजाने तयारीमा प्रहरी

काठमाडौं । बचतकर्ताहरुले सहकारीमा जम्मा गरेको रकम दुरुपयोग गरेको आरोपमा संसदीय छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएलगतै प्रहरीले पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध प्रहरीले रपुरक अभियोग लैजाने तयारी गरेको छ । सांसद् सूर्य थापा नेतृत्वको विशेष छानबिन समितिले गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई कानून बमोजिम कारबाही गर्न गरेको सिफारिसका आधारमा पुरक अभियोग लैजाने तयारी थालिएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जनाएको छ ।

देशका सम्पूर्ण मिडियाहरुले प्रतिवेदनका आधार समाचार सार्वजनिक गरिसकेका छन् । समितिले प्रतिवेदन बुझाएपछि रास्वापा सभापतिले छुटकरा पाएको हल्ला चलाइए पनि उनी कुनै न कुनै विषयमा आधारित भएर दोषी नै पुष्टि भइसकेका छन् । गोरखा मिडिया नेटवर्क प्रालिका तात्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले संसदीय छानबिन समितिसमक्ष आर्थिक रूपमा अध्यक्ष गितेन्द्र बाबु(जीबी) राई नै जिम्मेवार रहेको बयान दिए पनि सभापति लामिछानेले लगभग २४ करोडको चेकमा हस्ताक्षर गरेर हिनामिना गरेको कुरा प्रतिवेदनमा उल्लेख छ ।

सहकारीमा बचतका लागि संकलन गरिएको रकम हिनामिनामा कम्पनीका अध्यक्ष जीबी राई, छबिराज जोशी र रवि लामिछानेले सयुक्त खाता खोलेर पैसा जम्मा गरिएको उक्त रकम रवि लामिछानेको हस्ताक्षर मार्फ हिनामिना भएको प्रतिवेदनले प्रष्ट्याएको छ । सोही कारण पूर्व गृहमन्त्री एवम रास्वपा सभापति रवि लामिछानेमाथि कारकाही हुने देखिएको छ । सभापति लामिछाने त्तत्कालीन कम्पनीको प्रबन्ध निर्देशक हुँदा उनले गोरखा मिडियाबाट छुट्टाछट्टै १६ वटा चेकमार्फत विभिन्न कम्पनी र व्यक्तिलाई २३ करोड ७९ लाख ८९ हजार ७ सय ३१ रुपैयाँको भुक्तानी भएको समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीको रकम अनुसन्धानका लागि गठीत छानबिन समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी
तयार पारेको प्रतिवेदन सोमबार संसद्मा बुझाएको थियो । सोही सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारसमक्ष पठाउन सचिवालयलाई निर्देश गरेका थिए । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।

गृह मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीविरुद्ध पूरक अभियोग लैजाने तयारी गरेको प्रहरी उच्च स्रोतले जनाएको हो । प्रहरी प्रधान कार्यालयले तयारी थाल्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई निर्देशन दिइसकेको बताएको छ । छानबिन समितिले किटान गरेका सञ्चालक समितिका अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेलविरुद्ध पहिल्यै मुद्दा चलिसकेकाले रवि लामिछाने र जोशीविरुद्ध पूरक अभियोग दर्ता हुने प्रहरी उच्च स्रोतको भनाइ छ । रम्तेल पुर्पक्षका लागि थुनामा छन् । राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएपनि उनलाई अहिले सम्म पक्राउ गर्न सकिएको छैन् । अहिले फरार सुचीमा रहेका राई मलेसियमा लुकेर बसेका छन् ।

गत २२ माघमा लामिछानेसहित १८ जनाविरुद्ध २५ जना पीडितले पूरक जाहेरी दिएका थिए । त्यही जाहेरी र संसदीय समितिको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलसमक्ष रायसहितको प्रतिवेदन पठाउने गरी तयारी थालेको स्रोतले जनाएको छ ।पुरक जाहेरीमा लामिछाने, पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, ऋणी नेत्रपाणि बाँस्तोलासहित १४ संस्थालाई प्रतिवादी बनाइएको छ । लामिछाने, छविसहितका पदाधिकारीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउने तयारी भएको पोखरा प्रहरी स्रोतले जनाएको छ । पोखराको सूर्यदर्शनबाट गोर्खा मिडिया नेटवर्कमा गएको ५ करोड रुपैयाँ सहकारीमा गएको र अन्य रकम अन्य सहकारीबाट संकल्न भएको प्रहरीले जनाएको छ ।

जीबी राई सञ्चालक रहेको ७ मध्ये पाँचवटा सहकारीबाट ६५ करोड रुपैयाँ रकम गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। गोर्खा मिडियामा रकम गएको थप एउटा सहकारीमा भने कुमार रम्तेल सचिव रहेका छन् । सूर्यदर्शनबाहेक बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्ण लक्ष्मी सहकारी संस्था, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारी (कुमार रम्तेल सचिव रहेको) बाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको प्रतिवेदनमा उल्लेख छ ।

थप ४३ करोड ७ लाख ७४ हजार ५३८ रुपैयाँ भने विभिन्न व्यक्तिका नाममा ऋण देखाएर गोर्खा मिडिया नेटवर्कमा रकम जम्मा गरिएको उल्लेख छ । सहकारीका सञ्चालकहरुले आफ्नो शक्तिको गलत उपयोग गरेर अत्यधिक रुपमा लिएको ऋण कम्पनीलाई प्रवाह गरेर सहकारीको रकम अपलचन गरेको प्रतिवेदनले उल्लेख गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका