जोडिनुहोस
  • होमपेज
  • भक्तपुरमा गरियो विपद् प्रतिकार्य तथा जल उद्धार अभ्यास

भक्तपुरमा गरियो विपद् प्रतिकार्य तथा जल उद्धार अभ्यास

काठमाडौं– भक्तपुरमा विपद् प्रतिकार्य तथा जल उद्धार अभ्यास गरिएको छ ।

बुधबार भक्तपुर नगरपालिका–१ स्थित भाज्या पुखुमा श्री रणशेर गण, सूर्यबिनायक व्यारेकले बाढी डुबानमा आधारित मनसुन–५ को विपद् प्रतिकार्य तथा जल उद्धार अभ्यास गरेको हो । सो क्रममा पोखरीमा डुबेका व्यक्तिलाई ज्यान जोगाउने, उद्धार गरेर ल्याएर प्राथमिक उपचार गर्ने, रबर बोटको प्रयोगसम्बन्धी अभ्यास गरिएको थियो ।

अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटीको सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रममा विपद् उद्धारमा प्रयोग गरिएका सामग्रीहरूको प्रदर्शनीसमेत गरिएको थियो ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका