जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • सङ्घीय सरकारका सबै मन्त्रीहरुले एक महिनाको तलब जाजरकोट भूकम्प पीडितलाई दिने

सङ्घीय सरकारका सबै मन्त्रीहरुले एक महिनाको तलब जाजरकोट भूकम्प पीडितलाई दिने

सङ्घीय सरकारका सबै मन्त्रीहरुले एक महिनाको तलब जाजरकोट भूकम्प पीडितलाई दिने भएका छन् । मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकम सरकारी राहत कोषमार्फत् जाजरकोट भूकम्पबाट पीडितहरूलाई उपलब्ध गराउने निर्णय गरेका हुन् । यो रकम राहत कोषमा जम्मा गर्ने र त्यहीँबाटै पीडितसम्म पुग्नेछ ।

गएको शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा १ सय ५३ जनाको ज्यान गएको छ । ६२ हजार भन्दा धेरै घर भत्किएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्