जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल असोज १० गते बिहीबारको राशिफल

आज २०८१ साल असोज १० गते बिहीबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। लगानीका स्रोतमध्ये वैदेशिक क्षेत्रमा उन्नति हुनेछ। कानुनको पर्खाइमा भए तपाईंको पक्षमा न्याय मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। रोगको भय रहने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ।

वृषः धनलक्ष्मी योग छ। गुम्न लागेको धन हात लाग्नेछ। आज गरेको लगानी दीर्घकालीन हुनेछ। लगानीका लागि हिम्मत गर्नुपर्नेछ। पेट सम्बन्धी प्रकोप बढ्ने जोखिम छ। परिवारमा कर्तव्य गरेर अगाडि बढ्नुपर्ने हुन्छ।

मिथुनः तपाईंको राशिमा चन्द्रमाले गोचरी गरेकाले सोचेको काम बन्नेछ। लगानीबाट फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्दैमा दिन बित्नेछ। तपाईंकै कारण आफन्त टाढा पुग्ने भएकाले बोल्दा भने सचेत बन्नु राम्रो हुन्छ।

कर्कटः अढैया शनिले सताएकाले मन अशान्त हुनेछ। व्यवहारमा झन्झट आइपर्ने छ। पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा परिवारमा मेलमिलाप हुनेछ। व्यापारमा समस्या हुने भएकाले लगानी गर्नु अगाडि सचेत बन्नुपर्ने दिन छ।

सिंहः आज तपाईंमा पद र रुपको घमण्ड हुनेछ। कला र गलाको प्रशंसा हुनेछ। अध्ययन र अध्यापनमा जाँगर बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्धमा धोका हुने जोखिम छ।

कन्याः मनमा शान्ति मिल्नेछ। परिवारको साथ मिल्नेछ। तपाईंलाई विवादमा फसाएर फाइदा लिने व्यक्ति सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। धार्मिक भेलामा जुट्ने अवसर मिल्नेछ।

तुलाः दैनिकी सहज र शान्त छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। राज्यको तर्फबाट सम्मान मिल्नेछ। सामाजिक क्षेत्रमा रुचि बढ्नेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ।

वृश्चिकः आज पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। दैनिकी सहज र शान्त बन्नेछ। माथिल्लो निकायबाट साथ र सहयोग प्राप्त हुने दिन छ। परिवारसँग खटपटी बढ्ने भएकाले थोरै बोल्दा फाइदा हुनेछ। गणेशको भजन सुनेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

धनुः लगानीको क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक लगानी भन्दा स्वदेशमा अवसर प्राप्त हुनेछ। शेयर बजारमा फाइदा हुनेछ। परिवारको साथमा मात्र महत्त्वपूर्ण निर्णय लिनु फाइदा हुनेछ।

मकरः साढेसातीको सामना गर्ने समय भएकाले मन अशान्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सहज बन्नेछ। हरेक काममा समस्या हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

कुम्भः शान्त भएर काम गर्नुपर्ने दिन छ। समस्यामा पारेर फसाउने व्यक्ति सक्रिय भएकाले ठुलो लगानी नगर्नु फाइदा हुनेछ। शनि केन्द्रमा भए परिवारमा सुख र शान्ति मिल्नेछ।

मीनः आफ्नो आश्रयमा शरण लिनेलाई उचित व्यवस्थापन गर्न नसक्दा मनमा चिन्ता बढ्नेछ। श्रमको मूल्य प्राप्त हुनेछ। मान्यजनको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध शान्त र सहज बन्नेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका