जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • किन पक्राउ परे दुर्गा प्रसाईं?, ५ कसुरमा अनुसन्धान गरी मुद्दा दर्ता गर्ने तयारी

किन पक्राउ परे दुर्गा प्रसाईं?, ५ कसुरमा अनुसन्धान गरी मुद्दा दर्ता गर्ने तयारी

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि ५ कसुरमा अनुसन्धान गरी मुद्दा दायर गर्ने तयारी प्रहरीले गरेको छ। फौजदारी कसुरमा दुई महिनाभित्र दोस्रोपटक मंगलबार पक्राउ परेका प्रसाईंमाथि ५ कसुरमा अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भक्तपुरस्थित निवासबाट पक्राउ गरेका प्रसाईंलाई लिखत सम्बन्धी कसुर (किर्ते) र विद्युतीय कारोबारसम्बन्धी अपराध (साइबर क्राइम) मा अनुसन्धान गर्न सुरु गरिएको छ।

तत्काल विद्युतीय कारोबार (साइबर) अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सीआईबीको भनाइ छ। सीआईबीका अनुसार उनीविरुद्ध अरू कसुरमा पनि जाहेरी रहेको ।

प्रसाईंले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि कम्बोडियामा २० करोड डलर लगानी गरेको गम्भीर आरोप लगाएका थिए।

प्रसाईंविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरेर साइबर अपराध सम्बन्धी कसुरमा अनुसन्धान गरिने सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। प्रधानमन्त्री ओलीविरुद्ध प्रसाईंले भिडिओमार्फत कागजात देखाउँदै आरोप लगाएका थिए।

फर्जी कागजात बनाएको कसुरमा प्रहरीले उनीविरुद्ध मुलुकी फौजदारी संहिता, २०७४ को दफा २७६ अनुसार ‘किर्ते गर्न नहुने’ अभियोग लगाउने तयारी गरेको छ। सो ऐनको दफा ३०६ अनुसार कसैले कसैको बेइज्जती गरेको कसुर पुष्टि भएमा २ वर्ष कैद र विद्युतीय माध्यमबाट त्यस्तो कसुर गरेको पाइएमा थप १ वर्ष कैद सजाय हुने व्यवस्था रहेकाले त्यसमा पनि अनुसन्धान गरेर मुद्दा लैजाने तयारी प्रहरीको छ।

मुलुकी फौजदारी संहिता, २०७४ को दफा २८५ अनुसार आपराधिक उपद्रव गर्न नपाइने व्यवस्था रहेकाले उनलाई आपराधिक उपद्रव विरुद्धको अभियोग लगाउन अनुसन्धान हुन सक्छ।

मुलुकी फौजदारी संहिता, २०७४ को दफा ८९ मा झुटा प्रमाण बनाएको कसुरमा पनि अनुसन्धान गर्ने तयारी गरेको प्रहरी स्रोतले बतायो। झुटा प्रमाण बनाएको पुष्टि भएमा ५ वर्षसम्म कैद हुने व्यवस्था कानुनमा छ ।

मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए। साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दामा उनी १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।