जोडिनुहोस
  • होमपेज
  • रवि र छविलाई बिहानै पुर्‍याइयो अदालत, लीला तथा रामप्रसाद पनि साथमै

रवि र छविलाई बिहानै पुर्‍याइयो अदालत, लीला तथा रामप्रसाद पनि साथमै

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत पुर्‍याइएको छ । सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएपछि थप म्यादका लागि उनलाई अदालत लगिएको हो ।

लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन् । रविसँगै छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललाई पनि अदालत पु¥याइएको छ । प्रहरीले अनुसन्धान बाँकी रहेकोले म्याद थप मागेको छ । रविलाई म्याद थपेपछि काठमाडौँ लैजाने तयारी छ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी भएका छविलाल जोशीलाई काठमाडौँ लगेर बयान लिइसकिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौंमा पनि जाहेरी परेपछि बयानका लागि लगिएको हो ।

यो प्रकरणमा रवि लामिछानेविरुद्ध समेत काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोले अब उनलाई पनि बयानका लागि काठमाडौं लगिने भएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका