जोडिनुहोस
  • होमपेज
  • कास्की प्रहरीले भन्यो– भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्नू

कास्की प्रहरीले भन्यो– भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्नू

काठमाडौं। जिल्ला प्रहरी कार्यालय कास्कीले टिकटक भ्रामक समाचार सम्प्रेषण नगर्न अनुरोध गरेको छ । बुधबार सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले एक विज्ञप्ति जारी गर्दै भ्रामक एवं झुट्टा समाचार सम्प्रेषण नगर्न अनुरोध गरेका हुन् ।

केही सञ्चार माध्यमले प्रहरी कार्यालय र अनुसन्धानमा खटिएका अधिकृत भनी स्रोतको रूपमा उद्धत गर्दै गरिएको समाचार सम्प्रेषणप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने सूचना प्रवाह गरिने छैन भन्ने प्रावधान अन्तर्गत गोपनीयता कायम राख्नुपर्ने विषयहरूमा समेत केही सञ्चार माध्यममा अनुसन्धानको क्रममा रहेका विषयवस्तुहरूमा समाचार बनाउनको लागि यस जिल्ला प्रहरी कार्यालय, कास्कीको कुनै पनि आधिकारिक र औपचारिक स्रोत बिना नै यस कार्यालय र अनुसन्धानमा खटिएका अधिकृत भनी स्रोतको रूपमा उद्धत गर्दै गरिएको समाचार सम्प्रेषण प्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका