जोडिनुहोस

हालको खबर

Erros Comuns de Jogadores em Cassinos: O Que Evitar
  • ४१ मिनेटutes अगाडि
Online Casino No Deposit Bonus Coupon Codes
  • १ घन्टा अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • १ घन्टा अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • १ घन्टा अगाडि
  • होमपेज
  • २९ जिल्लाका साढे २७ हजार गाईभैंसीमा लम्पी स्किन रोगको संक्रमण

२९ जिल्लाका साढे २७ हजार गाईभैंसीमा लम्पी स्किन रोगको संक्रमण

काठमाडौं। २९ जिल्लाका करिब साढे २७ हजार गाईभैंसीमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको गत असार ६ देखि साउन २० गतेसम्मको तथ्यांक अनुसार सूदूरपश्चिम बाहेकका सबै प्रदेशका पशुमा लम्पी स्किन रोगको संक्रमण देखिएको हो ।

रोगका कारण सबैभन्दा बढी कोशी प्रदेश प्रभावित भएको छ । कोशीका ११ जिल्लामा २२ हजार १२२ वटा गाईभैँसीमा रोगको संक्रमण देखिएको छ भने हालसम्म ६३७ पशुको मृत्य भएको मन्त्रालयले जनाएको छ ।

मधेश प्रदेशका ८ जिल्लामा ४ हजार ४९४ पशुमा संक्रमण देखिएको छ भने १७९ पशुको मृत्यु भएको छ । बागमतीका ५ जिल्लामा ७९३ पशुमा रोगको संक्रमण पुष्टि भएको र ३० वटा पशुको मृत्यु भएको छ ।

त्यसैगरी, गण्डकीको एउटा जिल्लामा ७ वटा पशुमा मात्रै हाल सम्म रोग पुष्टि भएको छ भने लुम्बीनीका ३ जिल्लामा १६ वटा पशुमा रोग पुष्टि भएको छ र कर्णालीमा १ जिल्ला मात्रै रोगका कारण प्रभावित भएको छ । यी प्रदेशमा हालसम्म रोगका कारण गाईभैंसीको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

सरकारले हालसम्म ५ लाख ६१ हजार ७५१ पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाएको छ ।