जोडिनुहोस
  • होमपेज
  • यस वर्ष डेङ्गी सङ्क्रमण थप बढ्न सक्ने जोखिम स् पूर्वतयारी र सावधानीमा जोड

यस वर्ष डेङ्गी सङ्क्रमण थप बढ्न सक्ने जोखिम स् पूर्वतयारी र सावधानीमा जोड

यस वर्ष बर्खायाममा सरदरभन्दा बढी पानी पर्ने, गर्मी पनि उच्च हुने प्रक्षेपणसँगै डेङ्गी सङ्क्रमण पनि थप बढ्न सक्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटकको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेसँगै डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने अनुमान गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले मौसम विभागले धेरै पानी पर्ने भनेको अवस्थामा पूर्वानुमान मिल्यो भने त्यसले डेङ्गी सङ्क्रमणको जोखिम बढाउने बताउनुभयो । पानी धेरै पर्दा जम्मा हुने पानीमा डेङ्गी सार्ने लामखुट्टेलाई अनुकुल वातावरण बन्छ ।

डा।दाहालका अनुसार गएको वर्षको तुलनामा अहिले डेङ्गीको कम सङ्क्रमण देखिएको छ । तर अनुकुल वातावरण अब बन्दै जानेछ । त्यसैअनुसार पूर्वतयारी र सतर्कता अपनाउन डा. दाहालले आग्रह गर्नुभएको छ । पानी सङ्कलन हुने टायर, गमला, लामखुट्टे बस्ने झाडीको अहिलेदेखि नै व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ ।

डाक्टरका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेङ्गी रोग लाग्छ । अघिल्लो वर्ष सन् २०२४ मा डेङ्गी सङ्क्रमण देशभर फैलिएको थियो । त्यसबाट १५ जनाको ज्यान गएको थियो भने झन्डै ४२ हजार जना सङ्क्रमित भएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका