जोडिनुहोस
  • होमपेज
  • भारतको ३ करोड रुपैयाँ आर्थिक सहयोगमा गुल्मीको धुर्कोटमा विद्यालय भवन बन्दै

भारतको ३ करोड रुपैयाँ आर्थिक सहयोगमा गुल्मीको धुर्कोटमा विद्यालय भवन बन्दै

गुल्मी—भारत सरकारको आर्थिक सहयोगमा गुल्मीको धुर्कोट गाउँपालिका(३ मा अवस्थित निन्यूखर्क माध्यमिक विद्यालयका लागि निर्माण गरिने भवनको शिलान्यास गरिएको छ।

काठमाडौंस्थित भारतीय राजदूतावासकी काउन्सलर गीताञ्जली ब्रैन्डन र धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले मंगलबार विद्यालय भवनको संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

भारतको ३ करोड ८ लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गर्न लागिएको हो। फर्निचर, कक्षाकोठा र अन्य सहयोगी संरचनासहितको दुई तले विद्यालय भवन निर्माण हुनेछ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गतको यो परियोजना धुर्कोट गाउँपालिकामार्फत कार्यान्वयन हुनेछ।

 

धेरै टिप्पणी गरिएका